त्रिपुरासुन्दरीका उप-प्रमुख धरेल ध्यानाकषर्ण पत्र सहित उर्जा मन्त्रालयमा

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २३, २०८०

धादिङ । धादिङका संघीय सांसद एवम् कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, रामबहादुर भण्डारी र केहि जनप्रतिनीधिलाई साथमा राखेर त्रिपुरासुन्दरी गाउँपालिकाका उप-प्रमुख देवराज धरेलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेर ध्यानाकषर्ण पत्र पेस गरेका छन् ।

धरेलले बुढीण्डकी जलविद्युत आयोजनाबाट प्रभावितहरुको छुट जग्गा पुनर्वास, घर गोठ र बोटबिरुवाको मुआव्जा आदिको विषयमा भएको सहमति कार्यान्वयनका लागि गाउँपालिकाको तर्फबाट उर्जा मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटी ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ,
प्रस्तुत सम्बन्धमा तहाँ मन्त्रालय र यस गाउँपालिकाका जनप्रतिनिधि, आरुघाट खहरेका डुबान प्रभावित व्यवसायी प्रतिनिधि साथै बुढीगण्डकी जलविद्युत आयोजनाका पदाधिकारी विच डुबान क्षेत्रमा रहेको छुट जग्गा पुनर्वास, घर गोठ र बोटबिरुवाको मुआव्जा आदिको विषयमा विभिन्न चरणमा गरिएको सहमति अनुसार बुढी गण्डकी जलबिद्युत आयोजनाले मुआब्जा वितरणमा घर गोठ र बोटविरुवामा गरिएको मुआब्जा निर्धारण आंशिक रुपमा कार्यान्वयन गरिएको र केहि लाभग्राहीहरुलाई वार्ता, छलफल साथै लिखित र मौखिक रुपमा टुंग्याएका विषय भन्दा विपरित ढंगले मुआब्जा वितरण गरिएकोले उक्त सहमति पूर्ण रुपमा समान र न्यायोचित ढंगले कार्यान्वयन गर्न पुन प्रभावित क्षेत्रमा सर्वेक्षक पठाई वैज्ञानिक र वस्तुनिष्ठ ढंगले मुआव्जा निर्धारण र वितरण गर्न जोडदार रुपमा माग गर्दछौ । साथै पुनर्वास लगायत अन्य विषयमा गरिएको सहमतिलाई समेत पूर्ण रुपमा कार्यन्वयन गर्नुहुन अनुरोध छ ।