धादिङमा आज डेंगु संक्रमण ८१ र स्क्रबटाईफस ७ जनामा

Avatar photo
Dhadingpost
सोमवार, साउन २२, २०८०

धादिङ । धादिङमा डेंगु सँगै स्क्रबटाईफसका विरामीहरु बढ्दो रुपमा रहेका छन् । स्वास्थ्य कार्यालयले दिएका जानकारी अनुसार धादिङमा आज डेंगु संक्रमण ८१ जनामा र स्क्रबटाईफस ७ जनामा देखिएको हो । यो सँगै धादिङमा साउन १ देखि हाल सम्म डेंग संक्रमित हुनेको संख्या ९६६ पुगेको छ ।

डेंगु संक्रमण
आज नीलकण्ठमा २० पुरुष र ३५ महिला गरी ५५ जनामा, बेनीघाट रोराङमा ८ पुरुष र ४ महिला गरी १२ जनामा, ज्वालामुखीमा २ पुरुष र ३ महिला गरी ५ जनामा, त्रिपुरासुन्दरीमा ३ पुरुष, सिद्धलेकमा महिला, नेत्रावती डवजोङ र खनियाबासमा १–१ जना महिलामा डेंगु संक्रमण भएको पाईएको छ ।

स्क्रबटाईफस
आज ज्वालामुखीमा २ महिला र ३ पुरुष गरी ५ जना, नीलकण्ठमा १ पुरुष, सिद्धलेकमा १ महिलामा स्क्रबटाईफस संक्रमण भएको पुष्टि भएको छ । मुशामा पाइने किराको टोकाइलेको यो रोगको संक्रमण बढ्ने गरेको पाइन्छ ।
चिकित्सकहरुले स्कप टाइफस वाट वच्न सरसफाईमै दिनु पर्ने बताउने गरेका छन् । स्क्रबटाईफसको कुनै घरेलु उपचार नहुने चिकित्सकहरु बताउछन् । यसको संक्रमण भएको आशंका भएमा वा यसको लक्षण देखीए तत्काल स्वास्थ्य सस्थामा आउन चिकिस्तकहरुको सुझाव छ ।