धादिङमा डेंगु संक्रमित ८८५ पुग्यो, आज ५१ जनालाई

Avatar photo
Dhadingpost
आइतवार, साउन २१, २०८०

धादिङ । धादिङमा साउन १ गते देखि आज सम्म डेंगु संक्रमित हुनेको संख्या ८८५ जना पुगेको छ जस मध्य ५१ जनालाई आज पुष्टि भएको हो ।

बागमती प्रदेशमा नै डेंगु संक्रमित बढी हुने जिल्ला धादिङ पहिलो हो । आज देखिएका संक्रमितहरुमा नीलकण्ठमा २३ पुरुष २० महिला गरी ४३ जना, त्रिपुरासुन्दरीमा १ पुरुष, ४ महिला गरी ५ जना, सिद्धलेक र ज्वामुखीमा १–१ महिला रहेका छन् । फाईल तस्वीर

धादिङको कुन पालिकामा कति संक्रमित

  • नीलकण्ठमा ७८५ जना
  • बेनीघाट रोराङमा ६ जना
  • सिद्धलेकमा १३ जना
  • ज्वालामुखीमा २५ जना
  • त्रिपुरासुन्दरीमा १६ जना
  • गंगाजमुनामा १५ जना
  • नेत्रावती डवजोङमा ५ जना
  • खनियाबासमा ७ जना
  • रुबीभ्यालीमा ५ जना
  • गल्छी ४ जना
  • धुनीबेसीमा १ जना
  • थाक्रे ०
  • गजुरी ०