धादिङमा आँखा पाक्ने रोगको प्रकोप बढ्यो, बच्ने उपायहरू

Avatar photo
Dhadingpost
आइतवार, साउन २१, २०८०

धादिङ । धादिङमा यो पछिल्लो साता आँखा पाक्ने रोग (Conjunctivitis, Red eye) को प्रकोप बढेको पाईएको छ । अहिले दैनिक, आँखाको समस्या लिएर आउने विरामी मध्ये ७०% विरामी आँखा पाकेको विरामी रहेको सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिंह तामाङले धादिङपोष्टलाई बताए । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।

चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ । यो रोग (क्लोज कन्ट्याक्ट) भएको ठाउँ ‘छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भीडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्कोमा सजिलै सर्ने बढी सम्भावना रहन्छ।’

कसरी बच्ने ?
● जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने ।
● सफा पानीले आँखा सफा गर्ने ।
● हरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने ।
● व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

आँखा पाक्ने रोग लागिहालेमा के गर्ने ?
● पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
● आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने ।
● आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने ।
● कालो चस्माको प्रयोग गर्ने ।
● आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने ।
● जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।