धादिङका यु १९ का १६ खेलाडी प्रदेश छनोटका लागि काठमाडौं पुगे

Avatar photo
Dhadingpost
शनिबार, साउन २०, २०८०

धादिङ । जिल्लाबाट छनोट भएका यु १९ का १६ खेलाडी बागमती प्रदेश छनोटका लागि काठमाडौं पुगेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को निधारित कार्यक्रम अनुसार बागमती प्रदेशले खेलाडी छनोट आईतबार र सोमबार (साउन २१ र २२ गते) दुई दिन एन्फा कम्प्लेक्स ललितपुरमा गर्न लागेको हो उक्त प्रदेश छनोटका लागि बागमती प्रदेशका सबै जिल्लाबाट छनोट भएका खेलाडीहरु काठमाडौ पुगेका छन् ।

प्रदेश छनोटमा सहभागी धादिङका खेलाडीहरु

  • अन्जन आलेमगर, थाक्रे
  • जेनिश थापामगर, धुनीबेसी
  • अभिषेक आचार्य, धुनीबेसी
  • अमल घले, धुनीबेसी
  • रोजन श्रेष्ठ, धुनीबेसी
  • कमल श्रेष्ठ, सिद्धलेक
  • कृष्ण परियार, गजुरी
  • अर्जुन तामाङ, गजुरी
  • सुरेन्द्र परियार,, बेनीघाट रोराङ
  • सोहन तामाङ, बेनीघाट रोराङ
  • सुहन परियार, नीलकण्ठ
  • रोहन गुरुङ, नीलकण्ठ
  • प्रशान्त गुरुङ, सिद्धलेक
  • सागर तामाङ, नीलकण्ठ
  • सरिक खड्का, धुनीबेसी

प्रदेशबाट छनोटमा परेका खेलाडीहरुले साउन २६ देखि ३० गते सम्म हुने अन्तिम छनोटमा सहभागी हुन पाउने छ भने अन्तिम छनोटमा परेका खेलाडीहरु मध्यबाट राष्ट्रिय टिम बनाईने छ । राष्ट्रिय टिममा पर्ने खेलाडीहरुले असोज ४ देखि १३ गते सम्म काठमाडौंमा दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पेनसिप खेल्ने छन् । तस्वीर: जिल्ला छनोट