लम्पी स्किन रोग (LSD) विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरले लाग्ने रोग हो । अफ्रिकी महादेशमा मात्रै सिमित यो रोग सन् २०१२ पश्चात मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान हुँदै सन् २०१९ जुलाईमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखा परेको थियो ।
लम्पी स्किन रोग नेपालमा वि.सं. २०७७ सालमा मोरङ जिल्लामा पहिलो पटक पुष्टि भएको हो । हालसम्म यो रोग नेपालको ७६ जिल्लामा महामारीको रुपमा फैलिएको छ ।
सामान्यतः यो रोग नेपालमा फैलिँदै जानुमा खुल्ला सिमा-नाका पनि एउटा कारण हो । रोगी पशुको सम्पर्क र लामखुट्टे, किर्ना¸जुम्रा र डान्स (पाटेझिंगा) को टोकाईबाट एक पशुबाट अर्को पशुमा सक्रमंण हुने र रोग फैलिनुको प्रमुख कारण हो । यो रोगको कारणबाट किसानहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।
मुख्य लक्षणहरु:
- ज्वरो आउने (१०४.5 फारेन्हाइट भन्दा माथि) ।
- शरीरको विभिन्न भागहरूमा गिर्खा हरु आउने, ।
- खुट्टा सुन्निने ।
- दूध दिने पशुहरुमा दूध उत्पादन ८०% ले घट्ने ।
- गर्भवती पशु तुहिन सक्ने र बाँझेपना हुन सक्ने ।
- आँखा बाट कचेरा आउने ।
- घाँटीको भाग नजिक नशा फुलीएको जस्तो (lymph node) सुन्निने ।
- अरुचि हुने, दुब्लाउँदै जाने र अन्तयमा मृत्यु पनि हुन सक्ने,
रोगसर्ने माध्यम:
- लामखुट्टे, किर्ना, झिङ्गा, भुसुना आदिको टोकाईबाट
- संक्रमित गाईभैंसीको ओसारपोसार बाट
- रोगी पशु हरु सँगै राखेमा वा चराएमा
उपचार तथा रोकथाम :
- भाइरसको कारण ले लाग्ने भएको ले ठोस उपचार छैन ।
- लक्षणको आधारमा उपचार गर्नुपर्छ ।
- गिर्खाहरू फुटेर घाउ भएमा पोटास पानी ले सफा गर्ने ।
- Immunity power बढाउन immune care दिन नछुटाउने ।
- लामखुट्टे, झिंगा आदिको संक्रमण रोक्न दैनिक caustic soda, virkon, formalin, फिनाएल¸चुना, आदिले खोर गोठ सफा गर्ने ।
- स्वस्थ पशुहरू रोगी पशुहरू बाट अलगै राख्ने ।
- रोगविरुद्धको खोप लगाउने ।
यो रोगको ठोस उपचार नभएकाले पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नु पर्दछ । यस रोगविरुद्धको खोप लगाउने¸ रोग देखापरेको क्षेत्रबाट गाईभैंसीको ओसार-पसार नगर्ने र गोठ वरिपरिको वातावरण सफा राख्नु नै यो रोगविरुद्धको मुख्य उपचार तथा रोगथाम हो ।
( लेखक लामा, एग्रोभेट व्यवसायी¸ अनेरास्ववियु धादिङको अध्यक्ष एवं नेकपा एमाले बागमती प्रदेश¸ कृषि तथा पशुपन्छी विभागको सदस्य हुन्।)