लम्पी स्कीन रोग विरुद्ध साउन २५ देखि साताव्यापी खोप अभियान

Avatar photo
Dhadingpost
बुधबार, साउन १७, २०८०

धादिङ । बागमती प्रदेश सरकारले यहि साउन २५ गते देखि लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान संचालन गर्ने भएको छ ।

यही साउन २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको सबै जिल्लामा एकैपटक खोप अभियान संचालन गरिने प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खोप अभियान संचालनका लागि भ्याक्सिनेटर नियुक्तिको लागि ७ दिने सूचना प्रकाशन गरी सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनौट तथा नियुक्ति गरिसक्ने कार्यतालिका बनाएको छ ।