धादिङमा आज ६४ जनामा डेंगु हुँदा नीलकण्ठको मात्रै ५८

Avatar photo
Dhadingpost
सोमवार, साउन १५, २०८०

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा डेंगु संक्रमण दर उच्च देखिएको छ । दैनिक डेंगु हुने क्रम बढी रहेको नीलकण्ठ नगरपालिकामा आज एकै दिन ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार धादिङ आज डेंगु पुष्टि भएका ६४ मध्य नीलकण्ठमा ३५ पुरुष, २३ महिला गरी ५८ जना, सिद्धलेकमा १ महिला, ज्वालामुखीमा ३ पुरुष, खनियाबासमा १ पुरुष १ महिला रहेका छन् । फाईल फोटो

नीलकण्ठमा डेंगु संक्रमितको संख्या ४९९ जना
साउन १५ गते ३५ पुरुष, २३ महिला गरि ५८
साउन १४ गते २२ पुरुष, २५ महिला गरि ४७
साउन १३ गते २० पुरुष, १९ महिला गरि ३९
साउन १२ गते ३० पुरुष, २८ महिला गरि ५८
साउन ११ गते २२ पुरुष, २३ महिला गरि ४५
साउन १० गते २२ पुरुष, २५ महिला गरि ४७
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३