धादिङका सुजन अधिकारी एनआरएनए अष्ट्रेलियाको आईसीसी सदस्यमा निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, साउन १४, २०८०

अष्ट्रेलिया । धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको २०२३–०२५ को कार्यकालका लागि आईसीसी सदस्यमा निर्वाचित भएका छन् ।

जुलाई २९ मा सम्पन्न एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा आईसीसी सदस्यमा १७ जनाको उम्मेदवारी परेकोमा धादिङ फुलखर्कका सुजन अधिकारीले ५ हजार ३२८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी सहित ८ जना आईसीसी सदस्य निर्वाचित भएका छन् ।

गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको ०२१–२३ को निर्वाचनमा उनी एनसीसी सदस्यमा १६ मत प्राप्त गरि विजयी भएका थिए । उनले धादिङपोष्ट सँग कुरा गर्दै भने, नेपालमा लगानी र नेपालमा सहयोग कार्यक्रमलाई प्रथामिकतामा राख्ने छु ।