धादिङका सुजन अधिकारी एनआरएनए अष्ट्रेलियाको एनसीसीमा निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, साउन १७, २०७८

अष्ट्रेलिया साउन १७ । धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको एनसीसी पदमा विजयी भएका छन् ।

शनिबार सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचनमा ३ जना साउथ अष्ट्रेलियाको एनसीसी पदमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा धादिङ फुलखर्कका सुजन अधिकारीले ९१६ मत प्राप्त गरि विजयी भएका हुन् ।

साउथ अष्ट्रेलियाको एनसीसी पदमा ६ जना उम्मेदवार मध्य ३ जना वियी भएका हुन् भने ३ जना पराजित भए । जियी हुने ३ जनाहरुमा सुजन अधिकारी, आशिष बराल, दिनेशदेव योगी छन् ।

निर्वाचित भए सँगै धादिङका सुजन अधिकारीले स्ट्रेलियामा नेपाली भाषा पढ्दै आएका विद्यार्थीका लागि एउटै पाठ्यक्रम लागु गराउने । हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु । युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुदा त्यस सम्बन्धि जनचेतना जगाउने, पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको छ । नेपालमा लगानी र नेपालमा सहयोग कार्यक्रमलाई जोड दिने धादिङपोष्टलाई बताएका छन् ।