धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा डेंगु संक्रमणको दर अत्याधिक बढेर गएको छ । दैनिक डेंगु हुने क्रम बढी रहेको नीलकण्ठ नगरपालिकामा आज एकै दिन ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयले जनाए अनुसार धादिङ डेंगु पुष्टि भएका ५९ मध्य नीलकण्ठमा ३० पुरुष, २८ महिला र खनियाबासमा १ महिला रहेका छन् ।
नीलकण्ठमा डेंगु संक्रमितको संख्या ३५५ जना
साउन १२ गते ३० पुरुष, २८ महिला गरि ५८
साउन ११ गते २२ पुरुष, २३ महिला गरि ४५
साउन १० गते २२ पुरुष, २५ महिला गरि ४७
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३