अखिल क्रान्तिकारी धादिङको नागरिक हस्ताक्षर अभियान सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १२, २०८०

धादिङ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) धादिङले आज नीलकण्ठ क्याम्पसबाट भ्रष्टाचार विरुद्ध नेपाल सरकारको समर्थनमा बृहत नागरिक हस्ताक्षर अभियान शुभारम्भ गरेको छ ।

नीलकण्ठ क्याम्पसमा भएको उक्त हस्ताक्षरको उद्घाटन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य उपेन्द्र जम्कट्टेलले गरेका थिए । अभियान जिल्ला व्यापी बनाईने उनले बताए । भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमबाट पछि नहट्न र यसलाई निरन्तर अघि बढाउन आम नागरिकको समर्थनका लागि हस्ताक्षर संकल देशभर सुरुभएको उनले बताएका थिए ।

जिल्ला अध्यक्ष विनोद आचार्यले भुटानी शरणार्थी प्रकरणदेखि बिमानस्थल सुन प्रकरणसम्ममा सरकारलाई पछि नहट्न दवाव दिने उदेश्ले धादिङमा हस्ताक्षर अभियान सुरु गरिएको हो । हामी जिल्लाका विभिन्न ठाउँहरुमा यो अभियान चलाउँ छौं । यस अभियानमा सहभागी भई हस्ताक्षर गरिदिन उनले आग्रह गरेका थिए ।