अनमोल भण्डारीको मोडलिङमा ‘एक कदम’ भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, साउन १०, २०८०

धादिङ । धादिङको फुटबलमा चिनिने नाम मध्य अनमोल भण्डारी एक हुन् । फुटबलको माध्यमबाट डीएसडी धादिङको शिर उच्च राख्न सफल गोपी कृष्ण भण्डारी पछि अनमोल भण्डारी नै हुन् । उनै अनमोल भण्डारी यतिबेला मोडलिङमा देखापरेका छन् ।

उनले आफुले मोडलिङ गरेको ‘एक कदम’ बोलको आधुनिक गितको म्यूजिक भिडियो आफ्नै युवट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् । अनमोल सँगै मोडलिङमा झापाकी विना राउत छिन् ।

विक्रम चौहानको कोरियोग्राफी रहेको यस गिताको स्वर अस्मिता अधिकारी र टेक बिसीको रहेको छ । यस गितको रचना भिम गिरीले गरेका हुन् ।