धादिङका १२ औषधी पसललाई कार्वाही

Avatar photo
Dhadingpost
बुधबार, साउन १०, २०८०

धादिङ । मापदण्ड विपरित संचालनमा रहेका धादिङका १२ औषधी पसलहरु कार्वाहीमा परेका छन् । अनुगमन टोलीले नीलकण्ठ, गजुरी र गल्छीमा मापदण्ड विपरित संचालनमा रहेका १२ वटा औषधी पसलहरुलाई जरिवाना तिराई कार्वाही गरेको हो ।

कार्वाहीमा पर्ने औषधी पसलहरु र जरिवाना रकम

  • स्मारिका फार्मेशी गल्छी, ५० हजार
  • पिपुल च्वाईस हेल्थ प्रा. लि. धादिङबेसी, १० हजार
  • प्रेम मेडिकल हल गल्छी, १० हजार
  • हर्ष फार्मेशी धादिङबेसी, १० हजार
  • श्रेष्ठ औषधी पसल गल्छी, १० हजार
  • हाईवे वेल्फेयर पोलिक्लिनिक प्रालि गजुरी, १० हजार
  • एम. टि. एच पोलिक्लिनिक धादिङबेसी, १० हजार
  • मिलिजुली फर्मा गजुरी, १० हजार
  • अर्याल मेडिसिन सेन्टर गल्छी, ५ हजार
  • खतिवडा मेडिकल गजुरी, ५ हजार
  • पाविल फर्मा धादिङबेसी, ५ हजार
  • भैरवी देन्तो केयर नेपाल डेन्टल क्लिनिक धादिङबेसी, ५ हजार

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग,राष्ट्रिय उपभोक्ता मञ्च, स्वास्थ्य कार्यालय पत्रकार महासंघ,नीलकण्ठ नपा, गजुरी र गल्छी गापाका प्रतिनिधि सहभागी थिए । नियम विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रिएका सामाग्री राखेका १२ वटा औषधि पसललाई १ लाख ४० हजार जरिवाना सहित कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।