धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा डेंगु संक्रमणको दर अत्याधिक बढेर गएको छ । दैनिक डेंगु हुने क्रम बढी रहेको नीलकण्ठ नगरपालिकामा आज एकै दिन ४७ जनामा डेंगु संक्रमण हुँदा अधिकांश धादिङबेसीका छन् ।
स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज डेंगु संक्रमण हुनेमा नीलकण्ठमा २२ पुरुष २५ महिला गरी ४७ जना छन् । यस्तै सिद्धलेकमा एक महिला, त्रिपुरासुन्दरीमा १ पुरुष र खनियाबामा १ महिलामा आज डेंगु संक्रमण भएको छ ।
नीलकण्ठमा डेंगु संक्रमितको संख्या २५२ जना
साउन १० गते २२ पुरुष, २५ महिला गरि ४७
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३