बोनीघाट रोराङले आगामी वर्ष एसईईमा ३.८० जीपीए देखि जनही नगदले सम्मान गर्ने

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ९, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले २०८० सालको एसईईमा ३.८० र सो भन्दा बढीलाई जनही नगद सहित सम्मान गर्ने भएको छ ।

कार्यपालिका बैठकले २०८० सालको एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही ५० हजार, ३.९०जीपीए र सो भन्दा माथि ल्याउने विद्यार्थीलाई जनही ३० हजार र ३.८० जीपीए र सो भन्दा माथी ल्याउने विद्यार्थीलाई जनही १० हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।