धादिङका १७ उम्मेदवारलाई निर्वाचन आयोगद्वारा जनही १५ हजार जरिवाना

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ९, २०८०

धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई आयोगको मिति २०८०।०१।०४ को निर्णयानुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने धादिङका १७ जना उम्मेदवारहरुलाई नगद जरिवाना तोकेको छ । मंसिर ४ को निर्वाचन उम्मेदवारी दिएका र निर्वाचन खर्च सार्वजनिक नगर्ने धादिङका एमाले नेता भुमि त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य बसुमायाँ तामाङ सहित १७ जना उम्मेदवारलाई निर्वाचन आयोगले जनही १५ हजार जरिवाना तोकेको हो ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न तथा निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सो को जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ दिनभित्र निवेदन सहित पेश गर्न निर्वाचन आयोगलेले आदेश गरेको छ ।

साथै, जरिवाना वापतको रकम तोकिएको समयभित्र नवुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय निर्वाचन आयोगले गरेको छ ।

खर्च विवरण सार्वजनिक गरी सोको जानकारी आयोगमा नगर्ने धादिङका उम्मेदवार
१. भुमि प्रसाद त्रिपाठी, नेकपा (एमाले), १५ हजार
२. पुष्कर सेडाई, जसपा नेपाल, १५ हजार
३. उत्तम राज शर्मा (कँडेल), स्वतन्त्र, १५ हजार
४. ऋषी खतिवडा, स्वतन्त्र, १५ हजार
५. प्रदिप श्रेष्‍ठ, स्वतन्त्र, १५ हजार
६. प्रदिप श्रेष्‍ठ, स्वतन्त्र, १५ हजार
७. अर्जुन तिमल्सेना, स्वतन्त्र, १५ हजार
८. प्रमोद उप्रेती, स्वतन्त्र, १५ हजार
९. जनक भट्टराई, स्वतन्त्र, १५ हजार
१०. दिल बहादुर घले , स्वतन्त्र, १५ हजार
११. नोरमान तामाङ, जसपा नेपाल, १५ हजार
१२. शंकर दर्जी, नेपाली कांग्रेस (बी.पी.), १५ हजार
१३. रुद्र बहादुर गेलाङ मगर, स्वतन्त्र, १५ हजार
१४. बाबु कृष्ण श्रेष्‍ठ, स्वतन्त्र, १५ हजार
१५. टिका निधि काप्री, स्वतन्त्र, १५ हजार
१६. वसु माया तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी, १५ हजार
१७. मेकरमान तामाङ्ग, जसपा नेपाल, १५ हजार

तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जना समेत जम्मा ५५६२ जना उम्मेदवारहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम मिति २०८०/१/६ देखि मिति २०८०/१/१२ सम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन दिईएकोमा तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ जना समेत जम्मा २४३५ जना उम्मेदवारहरूलाई कार्वाही स्वरुप जरिवाना गराएको हो । (खर्चको विवरण सार्वजनिक नगरेको हुनु पर्नेमा खर्च विवरण नबुझाउने हुन गएकोमा सच्याईएको छ –सम्पादक)