धादिङ । धादिङमा आज नीलकण्ठ नगरपालिकामा २० पुरुष र १६ महिला गरि ३६ जना, सिद्धलेकमा १ जना र ज्वालामुखीमा १ पुरुष गरी ३८ जनामा डेंगु संक्रमण भएको छ ।
स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार साउन १ गते देखि हाल सम्म धादिङ डेंगु संक्रमण हुनेको संख्या १९७ जना पुगेको छ जस मध्य १७० जना नीलकण्ठ नगरपालिकामा मात्रै पुष्टि भएको छ ।
नीलकण्ठमा डेंगु संक्रमित
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६ जना
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८ जना
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४ जना
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २० जना
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२ जना
साउन २ गते ७ महिला, १० पुरुष गरी १७ जना
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३ जना