धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले चितवनमा भएको ब्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका छन् ।
जिल्ला खेलकुद बिकास समिति चितवनले आयोजना गरेको जिल्ला अध्यक्ष ,सचिव, बागमती प्रदेश खेलकुद विकास परिषद सदस्य सचिव कार्यालय प्रमुख बीच भएको ब्याडमिण्टन प्रतियोगिता २०८० मा पुरुष एकल तर्फ प्रतापले नुवाकोटका सन्तोष राईलाई पराजित गर्दै उपाधि जितेका हन् ।
एकल तर्फ नुवाकोट उप वजेता हुँदा काठमाडौंका अध्यक्ष गणेश कक्षपती तृतिय भए । डबल तर्फ भने खेलकुद परिषद बागमती प्रदेश खेलकुद विकास परिषदका खेलाडीहरु प्रथम, चितवन दोस्रो र काठमाडौं तृतिय बने । प्रतियोगितामा एकल तर्फ ७ टिम र डबल तर्फ ७ टिमको सहभागिता रहेको थियो ।