धादिङ । धादिङमा आज २९ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । जस मध्य २८ जना नीलकण्ठका मात्रै छन् ।
आज डेंगु पोजेटिभ देखिएको मध्य नीलकण्ठ नगरपालिकामा १४ महिला १४ पुरुष र गंगाजमुनामा १ महिला १ पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
साउनको यो साता धादिङमा १५९ जनालाई डेंगु संक्रमण हुँदा नीलकण्ठमा मात्रै १३४ जना छन् ।
नीलकण्ठमा डेंगु संक्रमित
- साउन ७ गते १४ पुरुष १४ महिला गरी २८ जना
- साउन ६ गते ७ पुरुष ७ महिला गरी १४ जना
- साउन ५ गते १२ पुरुष ७ महिला गरी २० जना
- साउन ४ गते १४ पुरुष ८ महिला गरी २२ जना
- साउन २ गते ७ महिला, १० पुरुष गरी १७ जना
- साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३ जना