राष्ट्रिय फोटो पत्रकार समूह रामेछाप गठन, अध्यक्षमा मिलन विक चयन

Avatar photo
Dhadingpost
शनिबार, साउन ६, २०८०

धादिङ । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाख रामेछाप गठन भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा प्रथम भेलाबाट मिलन बि‍. क. (घिमिरे) अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला शाखा गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा शर्मिला विशुङ्के, सचिवमा राजन महतारा, कोषाध्यक्षमा डोरशङ्कर बरुवाल, सह–सचिवमा राजकुमार श्रेष्ठ र सदस्यहरुमा सदस्यमा शम्मरबहादुर हायु (प्रशान्त), सिर्जन रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकी चयन भएका छन् ।

समूहको बागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो भेलामा केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठ, पाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, महासंघ रामेछापका अध्यक्ष नयाँघरे, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेश (सिन्धुली) सदस्य बलवीर भुजेल, पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष टिका प्रसाद भट्ट, राष्ट्रिय फोटो पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक भट्ट, आदिवासी जनजाति पत्रकार रामेछापका अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेशका सदस्य गम्भीर बिक, राष्ट्रिय दलित पत्रकारसंघका जिल्ला अध्यक्ष लेखबहादुर विक, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाश खत्री लगायतको आतिथ्यता रहेको थियो ।