बेनीघाटमा वृक्षारोपण गरि वीपी स्मृति दिवस मनाईयो

Avatar photo
Dhadingpost
शनिबार, साउन ६, २०८०

धादिङ । नेपाली कांग्रेस प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ ले बेनीघाटमा वृक्षा रोपण गरि वीपी स्मृति दिवस मनाएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा १ को प्रदेश २ ले बेनीघाट रोराङ गाउँपालिका स्थित गौरीशंकर संगम माता तिर्थधाम मन्दिर परिषरमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय सभापति कुमार बहादुर सिंखडा, पूर्व क्षेत्रिय सभापति यमनाथ ढकाल, बागमती प्रदेश प्रतिनीधि सन्तोष पौडेल, धादिङ १ को प्रदेश २ का सभापति विष्णु रुपाखेती, प्रभातकिरण सुवेदी, दिपकान्त थपलिया, नेतृ कविता ईटनी, नेवि संघ धादिङका अध्यक्ष सुदिप गौली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।