धादिङबेसीबाट भैरबी मन्दिर सम्म भोली साईकल यात्रा हुने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ५, २०८०

धादिङ । धादिङबेसी सदरमुकामबाट १७ किलो मिटरको दुरीमा रहेको प्रसिद्ध धादिङ तथा पर्यटकिय गन्तव्य भैरबी मन्दिर सम्म भोली धादिङ साईक्लिङ ग्रुपले साईकल यात्रा गर्ने भएको छ ।

धादिङबेसी स्थित खुल्लामञ्चबाट बिहान ५ बजे देखि साईकल यात्रा हुने साईक्लिङ ग्रुपले जनाएको छ । उक्त यात्रामा इच्छुक साईकल यात्री जो कोही पनि सहभागी हुन पाउने बताईएको छ ।