धादिङमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ

Avatar photo
उपेन्द्र जम्कट्टेल
बिहिबार, साउन ४, २०८०

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले आज एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ गरेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय धादिङले आज एक कार्यक्रमका बीच ०७९–८० को प्रगति सार्वजनिकीकरण तथा राष्ट्रिय परिचय पत्र वितरणको शुभारम्भ गरेको हो ।

धादिङमा राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गराएकाहरुको केहि परिचय पत्र बनेर आएकोले आफ्नो मोबाईलमा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफै उपस्थिति भई कार्ड लान सक्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।