धादिङ अस्पताललाई १०० बेडको बनाईने, तत्काल काम सुरु हुने

Avatar photo
उपेन्द्र जम्कट्टेल
बिहिबार, साउन ४, २०८०

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेसीमा रहेको प्रादेशिक अस्पताल, धादिङ अस्पताललाई १०० बेड बनाउने गरि बागमती प्रदेशले नीतिगत रुप मै निर्णय गरेको र काम यसै महिना देखि सुरु हुने बताएका छन् ।

धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङ अस्पताल अब १०० बेडको भयो । यहि आर्थिक वर्षमा धादिङ अस्पतालले १०० बेडबाट सेवा दिन्छ ।

स्वास्थ्य स्वयमसेवीहरुको प्रोत्साहन भत्ता बजेटमा भुलबस छुट्न गएको भन्दै भत्ता कटौती नगरिने समेत जम्कट्टेलले बताए । प्रदेशले वजेट विनियोजन गर्दा धादिङका ज्वालामुखी, नेत्रावती डवजोङ र खनीयबासमा तुलनात्मक रुपमा कमि देखिएकोले यसबारे पनि छलफल भैसकेकोले योजनाहरु थप गरिने प्रतिबद्धता उनले गरे ।