गजुरीमा एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस

Avatar photo
उपेन्द्र जम्कट्टेल
बुधबार, साउन ३, २०८०

धादिङ । नेकपा एमाले निकट युवा संघ गजुरीका अध्यक्ष सिताराम सुबेदी लगायत एमालेका गणेश तामाङ रोशन गुरुङ, नेकपा एमाले ६ नं वडा सदस्य उम्मेद्बार राजकुमार चेपाङ नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।

नव प्रवेसीहरुलाई बुधबार बिहान एक कार्यक्रमका बीच बागमति प्रदेशका मुख्य मन्त्री एवम् माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलले खादा र टिका लगाएर स्वागत गरेका थिए ।