धादिङमा हाल सम्म लम्पी स्कीन रोगबाट २५२ पशु मरे

Avatar photo
Dhadingpost
बुधबार, असार २७, २०८०

धादिङ । बागमती प्रदेश भित्रका जिल्लाहरुमा लम्पी स्कीन रोगको संक्रमणबाट हालसम्म ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैसी संक्रमणका कारण मृत्यु भएको छ । जसमध्य धादिङमा ४६ बाच्छाबाच्छी, ९३ गाई, १०२ गोरु र ११ भैसी गरी कुल २५२ पशुवस्तु मरेका छन् ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले जनाए अनुसार धादिङमा अहिले लम्पी स्कीन रोगबाट ६१७ बाच्छाबाच्छीसहित ९ हजार ५४९ गाईभैसी संक्रमित छन् यो बढ्दो क्रममा छ ।

मन्त्रालयका अनुसार मकवानपुरमा २७४ गाई, नुवाकोटमा, १७८ गाई, सिन्धुलीमा ९ गाई, काठमाडौंमा ९० गाई र २ भैसी, ललितपुरमा २१ गाई, भक्तपुरमा १८ गाई लम्पी स्कीन रोगले मरेका छन् । यस्तै काभ्रेमा ४ वटा गाई, रसुवामा १५ गाई, रामेछापमा १ गाई, दोलखामा ५१ वटा गाई, सिन्धुपाल्चोकमा, १५७ गाई लम्पी स्कीन रोगले मरेका छन् ।

बागमती प्रदेशका १३ जिल्लामा हाल सम्म ४० हजार ३७२ गाई भैसीमा संक्रमण पुष्टि भएको छ भने सो संक्रमणबाट एक हजार २४८ गाई भैंसीको मृत्यु भएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले जनाएको छ ।