धादिङ । धादिङका मनोज श्रेष्ठ यतिबेला पाकिस्तानी खेलाडीको साथमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट जारी सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता खेलि रहेका छन् ।
हेल्प नेपालको टोलीमा अमृत केसी, सुरेन्द्र वाम, धिरज बस्नेत र सन्तोष महता विष्णु बस्नेत, मनोज श्रेष्ठ, भरत कुमार विक सहित पाकिस्तानका एइमल खान, अदनान खान र माझर अली टोलीमा रहेका छन् ।
गत सिजन लिगको उपविजेता बनेको हेल्प नेपालले यसपटक उपाधि जित्ने लक्ष्यसहित खेलि रहँदा हेल्प नेपाल ३ खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ भने आर्मी पनि ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ ।