पत्रकार महासंघ बागमती प्रदेशले जिल्लाबाट सिफारिस नाममा उजुरी गर्न समय दियो

Avatar photo
Dhadingpost
शुक्रबार, असार २२, २०८०

धादिङ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले जिल्लाबाट सिफारिस भएर आएका सदस्यहरुको नामावली प्रति गुनासो वा उजुरी भएमा २०८० असार २७ गतेभित्र महासंघको कार्यालयमा लिखित उजुरी गर्न सकिने जनाएको छ ।

महासंघ केन्द्रको शुद्धिकरण अभियान अनुसार जिल्ला शाखाबाट सिफारिस भएका नामावलीमा चित्त नबुझे तोकिएको समय भित्र लिखित उजुरी गर्न आग्रह गर्दै जिल्ला शाखाबाट प्रदेशमा सिफारिस भएकाहरुको नाम समेत सर्वजनिक गरेको छ ।

पत्रकार महासंघ धादिङले सिफारिस गरेको नामावली