काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले यहि असार २३ गते गजुरी र थाक्रे गाउँपालिकाको भेला हुने जनाएको छ । उक्त भेलामा रमशे प्रसाई र तोशिमा कार्की लगायतका नेताहरु आउने जनाईएको छ ।
पालिका स्तरीय कमिटी गठन गर्न असार २३ गते बिहान १० बजे थाक्रेको महादेवबेसीमा र गजुरीको भेला दिउँसो १ बजे गजुरी बजारमा हुने रास्वपा धादिङले जनाएको छ ।
रास्वपा नेता राजन अर्यालका अनुसार यी दुबै भेलामा उप सभापति एवम् सांसद डीपी अर्याल, केन्द्रिय सदस्यहरु रमेश प्रसाई, बसुमाया तामाङ, विष्णुकुमार श्रेष्ठ, सांसद तोशिमा कार्की लगायतका नेताहरुको आतिथ्यता रहने छ ।