आज फेरि नेपाल र युएई भिड्दै

Avatar photo
Dhadingpost
आइतवार, असार १७, २०८०

काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा आज नेपालले यूएईको सामना गर्दै छ । खेल नेपाली समय अनुसार १२:४५ बाट शुरू हुनेछ।

यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

युएईको टोली :
मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

एसोसिएट यी दुई चर्चित टोलीबीचको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।