
धादिङ । थाइल्यान्डमा आज र भोली (जुलाई १ र २) दुई दिन चल्ने छैटौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता बैंककमा सुरुभएको छ । उक्त प्रतियोगितामा धादिङबाट ७ जनाले प्रतिपर्धा गर्दै छन् ।
नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष एवम् राष्ट्रिय प्रशिक्षक प्रदिप गिरी सिनियर ८७ केजी भन्दा माथीको तौल समुहमा प्रतिस्पर्धा गर्दै छन् भने सिनियर तर्फ नै नेपाल तेक्वान्दो सघं जिल्ला कार्यसमिति धादिङ का सदस्य तथा मलेखु तेक्वान्दो डोजाङ, पाविल हिमाल तेक्वान्दो डोजाङको प्रमुख धन बहादुर गुरुङ पनि ५४ केजी तौल समुहमा प्रतिस्पर्धा गर्दै छन् ।
यस्तै एड्भान्स एकेडेमीको तेक्वान्दो शिक्षक मरियम फ्यूवा, आशिष तामाङ ५१ केजी, सुजन घले ५४ केजी, विवेक घले ४८ केजी र सैराश खनाल २७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् ।