धादिङमा मृग मार्ने ४ जना बन्दुक सहित पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, असार ३, २०८०

धादिङ । ज्वालामुखी गाँउपालिका वडा नं।४ धौखोला दोभानटार स्थित एक होटमा जंगली मृग मारेर ल्याई मृगमासुसित खाजा खाँदै गरेका ४ जालाई प्रहरीले २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

उनीहरु माथि धादिङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा दिन ७ (सात) को म्याद थप गरी अनुसन्धान भईरहेको र वन्यजन्तु शिकार सम्बन्धी कसूरमा डिभिजन वन कार्यालय धादिङबाट थप अनुसन्धान समेत हुने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरु
क) धादिङ ज्वालामुखी गा.पा.वडा नं.४ बस्ने बर्ष-६० को पदम सिलवाल ।
ख) धादिङ ज्वालामुखी गा.पा.वडा नं.४ बस्ने बर्ष-३० को राजेन्द्र शाक्य ।
ग) धादिङ ज्वालामुखी गा.पा.वडा नं.४ बस्ने बर्ष-२८ को आशिष गुरुङ ।
घ) धादिङ ज्वालामुखी गा.पा.वडा नं.६ बस्ने बर्ष-१९ को सुमन गुरुङ (यस भन्दा पहिला २०७८ सालमा पनि हातहतियार खरखजना र ज्या.मा.उ. मुद्दामा पक्राउ परेको) ।