
धादिङ । वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. १ ठूलोधादिङ निवासी बिसु लामालाई प्रहरीले पक्राउ गरेको छ ।
आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।