धादिङ । प्रदेश सरकारको न्यूनतम सेवा फलोअप मापदण्ड मापनमा ९६ अंक ल्याउँदै ५० बेडको अस्पतालहरुमा धादिङ अस्पताल देश कै दोस्रो र्याकिङमा रहन सफल भएको छ । अहिले सम्म भक्तपुर अस्पताल ९७ अंकका साथ पहिलो र्याकिङमा छ ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले दुई दिन लगायर गरेको छैटौं न्यूनतम सेवा फलोअप मापदण्ड मापन धादिङ अस्पतालले ९७ अंक ल्याएको हो । यस अघि पाँचौ न्यूनतम सेवा फलोअप मापदण्ड मापन धादिङ अस्पताल ९३ अंक ल्याएको थियो ।
५९ जना दरबन्दीमा ३४ जना सहित १५३ जना स्वाथ्यकर्मी र कर्मचारी कार्यरत धादिङ अस्पतालको न्यूनतम सेवा फलोअप मापदण्ड मापन गर्न प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशबाट आएका सिन्धुली अस्पतालका मेडिकल सुपरिटेंडेंट उमेश प्रधानले धादिङ अस्पतालमा कार्यरत कर्मचारीकोको टिमवर्क लोभलाग्दो भएको बताएका थिए । लोभ लाग्दो टिमवर्क कै कारण धादिङ अस्पतालबाट गुणस्तरिय सेवा प्रवाह हुन सकेको उनले बताएका थिए ।
धादिङ अस्पतालले संचालनमा ल्याएको फार्मेसी प्रदेश मै उत्कृष्ट छ । हामीले २ दिन लगायर धादिङ अस्पतालको हरेक पक्ष नियाल्यौं हाम्रो मापनमा धादिङ अस्पतालबाट राम्रो सेवा प्रवाह भईरहेको पायौं टिम लिडर समेत रहेका प्रधानले बताए ।
जिल्ला अस्पताल धादिङका अध्यक्ष राजाराम रिजालको अध्यक्षता शुक्रबार बिहान भएको मा भएको एक कार्यक्रमका बीच मापन नतिजा सार्वजनिक गरिएको थियो कार्यक्रमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, स्वास्थ्य कार्यालय धादिङका प्रमुख नरेन्द्रकुमार झा, जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेंडेंट रुद्रमणि भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।