नीलकण्ठ नगरपालिकाद्वारा दलित विद्यार्थीलाई ६ देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान (सूची सहित)

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ३०, २०८०

धादिङ । नीलकण्ठ नगरपालिकाले १४४ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरेको छ । २०७९ को छात्रवृत्ति अन्तर गत ८० हजार छात्रवृत्ति पाउनेमा रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् उनीहरु एमबीबीएसका विद्यार्थी हुन् ।

यस्तै बीडीएका विद्यार्थी सिजा विश्वकर्माले ४० हजार, प्राविधिक धारका विद्यार्थीहरु विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा, प्रकाश विश्वकर्मा, सविता सिजालीले २५ हजार छात्रवृत्ति पाएका छन् ।

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले छात्रवृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गरेका थिए । शिक्षालाई पूर्ण नि:शुल्क बाउने अभियानमा नगरपालिका रहेको बताउँदै मेयर ढुङ्गानाले पूर्ण नि:शुल्क नहुँदा सम्म छात्रवृत्तिलाई निरन्तरता दिने बताएका थिए ।

उप-प्रमुख दिपक विश्वकर्माले शिक्षा लिनबाट कोही बन्चित हुनुहुन्न त्यसका लागि नगरपालिकाले विशेष योजनाका साथ काम गर्दै आएको बताएका थिए । दलित तथा विपन्न समुदायका विद्यार्थीहरु गरिविका कारण शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थालाई यस्ता छात्रवृत्तिले राहात प्रदान गर्ने बताएका थिए ।

छात्रवृत्ति पाउने विद्यार्थीको सूची