धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले पुरुषलाई महिला बनाएर नागरिकताको प्रतिलिपि दिएको पाईएको छ ।
धुनीबेसी नगरपालिकाका १ घर भएका कान्छामान तामाङलाई जिल्ला प्रशासन कार्यालय धादिङले जेष्ठ २९ गते पुरुषलाई महिला बनाएर नागरिकताको प्रतिलिपि बनाएर दिएको पाईएको छ । कान्छामान तामाङलाई महिला बनाएर दिईएको नागरिकताको प्रमाणिकरण प्रशासकीय अधिकृत विष्णुप्रसाद भट्टराईले गरेका छन् ।
कामको चाप त्यत्तिकै, हतारमा हुन्छन् कर्मचारी कहिले काहि यस्ता कमजोरि देखिन्छन् । नियत जन्य हैन सम्बन्ति व्यक्तिले उक्त प्रतिलिपि लिएर आएपछि सच्याएर अर्को प्रतिलिपि दिईने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले धादिङपोष्टलाई बताए ।