विष्णुलालको जोडी नेपाल च्याम्पियन

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २५, २०८०

धादिङ । नेपाल एपीएफ क्लब हलचोक, काठमाण्डौंले सन्चालन गरेको सोह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिताको भेट्रान्स तर्फ धादिङका विष्णुलाल श्रेष्ठ र चितवनका बुध्दि चौधरीको जोडी नेपाल च्याम्पियन भएको छ ।

पूर्व डीआईजी पुर्णचन्द्र जोशी बैतडी र राजु महर्जन काठमाडौंको जोडीलाई २२-२० र २३-२१ को सोझो सेटमा पराजित गर्दै धादिङका विष्णुलाल श्रेष्ठको जोडी नेपाल च्याम्पियन हुन सफल भएका हो ।

यस्तै खुल्ला युवल तर्फ प्रिन्स दाहाल र रशिला महर्जनले उपाधि जितेका छन् । एपीएफ क्लबका प्रिन्स पुरुषतर्फ र त्रिभुवन आर्मी क्लबकी रशिला महिलातर्फ च्याम्पियन बनेका छन् । प्रिन्सले फाइनलमा आर्मी क्लबका रुकेश महर्जनलाई २१-११ र २१-0११ ले पराजित गरेका थिए भने महिलातर्फ रशिलाले एपीएफ क्लबकी जेसिका गुरुङलाई २१-१९,१५-२१ र २१-१७ ले पराजित गरेकि थिईन् ।

पुरुष युगलको उपाधि एपीएफका प्रिन्स र विजित थापा मगरको जोडीले जिते । प्रिन्स र विजितको जोडीले पुलिसका जीवन आचार्य र बिष्णु कटुवालको जोडीलाई २१-१८ र २१-१५ ले हराए । महिला युगलको उपाधि आर्मीका रशिला र अनु माया राईको जोडीले एपीएफका जेसिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१-१६ र २१-१२ ले हराएर । मिक्स डबल्सको उपाधि एपीएफका प्रिन्स र जेसिकाको जोडीले एपीएफकै विजित थापा र सोभा गौचनको जोडीलाई २३-२१ र २२-२० ले हराएर आफ्नो बनाए ।