बागमतीलाई हराउँदै कर्णाली फाइनलमा

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २४, २०८०

काठमाडौं । जनकपुरमा जारी महेन्द्र नारायण निधी टि-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई तीन रनले हराउँदै फाइनल प्रवेस गरेको छ ।

कणार्लीको क्रिकेट इतिहासमा हेर्ने हो भने सिनियर टोलीले खेलेको कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो ।

७ प्रदेश सहभागी प्रतियोगितामा सिंगल राउन्ड रोविनको आधारमा भएको छ । कर्णालीले त्यसपछि लगातार पाँच खेल जित्दै फाइनलमा स्थान बनाएकोे हो । कर्णालीले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ३३ रन, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २६ रन, मधेश प्रदेशलाई एक विकेट र कोशी प्रदेशलाई ७ रनले हराएको थियो ।

जितको लागि १ सय २० रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा १ सय १६ रनमा अल आउट हुँदा कर्णालीले फाईनल खेल्ने पक्का गरेको हो ।