नेपाल विरुद्ध म्यानमारको ५ गोल

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २४, २०८०

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा घरेलु टोली म्यानमारसँग नेपालले ५ गोल खाएको छ । यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार नेपाललाई म्यानमारले ५-० गोल अन्तरले हराएको हो । नेपालविरुद्ध म्यानमारले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।