धादिङका सुरेश तामाङ लागूऔषध सहित पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २३, २०८०

धादिङ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्राम सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।