धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र) बेनीघाट रोराङ धादिङको सल्लाहाकार समिति सदस्य विद्या सागर कँडेलको निधन भएको छ ।
७७ वर्षिय कडेलको जीबीएस भाइरस रोगको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा शुक्रबार निधन भएको हो । विगत केहि वर्ष अघि नै उहाँले मृत्यु प्रश्चात आँखा दान गर्ने घोषणा र प्रतिद्धता जनाउनु भए अनुसार पशुपतिनाथ परिसर स्थित विद्युतीय शव दहन गृहमा शव जलाउनुअघि आँखाको नानी (लेन्स) स्वास्थ्यकर्मीहरुले निकालेका छन् ।
स्वर्गिय विद्या सागर कंडेलले आदर्श मावि धादिङ गजुरीमा करिव ४० वर्ष पढाएर सेवा निवृत्त हुनुभएको थियो । तस्बिर : किरणराज विष्ट