धादिङका १३ वर्षीय अभिषेक तामाङको आत्महत्या नभई हत्या हुन सक्ने आसङ्कामा अनुसन्धान सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०८०

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका निवासी १३ वर्षिय अभिषेक तामाङ काठमाडौं महानगरपालिका–१६ स्थित म्हैपीको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासमा छात्र मृत भेटिएपछि उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ ।

सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत अभिषेक मृत भेटिएपछि ३ दिनदेखि पठनपाठन ठप्प छ भने विद्यार्थी, अभिभावकले प्रर्दशन गर्दै आएका छन् । प्रिन्सिपल दीर्घहरि दाहाल, छात्रवास इन्चार्ज रायन सापकोटा र पुरुषोत्तम अधिकारीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

जेठ १६ गते मंगलबार राति घटना थियो । मृतकको आमा वैदेशिक रोजगारमा छिन् भने बाबुआमाको छोडपत्र भइसकेको थियो । नक्कली आफन्त बनाएर अभिषेकको शव उठाएर सोही दिन राति नै अस्पताल पुर्‍याएको आफन्तले आरोप लगाएका छन् । विद्यालयले भने छात्रले आत्महत्या गरेपछि प्रहरी र आफन्तकै उपस्थितिमा शव उठाएर अस्पताल लगिएको जनाएको छ ।

‘सुरुमा आत्महत्या भन्ने थियो, आफन्तले ज्यान कसुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ,’ । शव हेर्न हस्ताक्षर गराएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको पीडित पक्षको गुनासो छ । बालकको मृत्युपछि आफन्त, स्थानीयवासी, विद्यालयका विद्यार्थी र अभिभावकले प्रर्दशन गरेका प्रहरीले जनाएको छ ।