खानीखोलामा मसाल जुलूस प्रदर्शन

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०८०

धादिङ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले बिहिबार साँझ वर्तमान सरकार विरुद्ध विरोध पर्दशन गरेको छ । धादिङ स्थित खानीखोलामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दोहन सँगै जुलूस प्रदर्शन भएको थियो ।

कार्यक्रममा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको रिहा गरेर सरकारले अपराधी सुरक्षामा उत्प्रेरत गरिएको आरोप लगाएको थियो । त्यस्तै अखण्ड भारतको नक्सामा कहिल्यै कसैको औपनिवेश नभएको नेपाली भूमि कपिलवस्तु र लुम्बिनी समेटेकोमा विरोध गरेका थिए । वर्तमान सरकारले कुटनैतिक पहल मार्फत नक्सामा असहमति जनाउनुको साटो नेपाललाई भारतमा विलय गराउने उदेश्यका साथ नागरिकता विधेयक पास गरि मोदिलाई कोसेली लगेको आरोप लगाए ।

कार्यक्रमको विषयमा प्रष्ट पारेका युवा संघ नेपालका केन्द्रीय सदस्य मोदनाथ सिलवालले अहिलेको सरकारले राम्रो सँग वडा समेत चलाउन नसक्ने आरोप लगाउदै भने राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको राजिनामा माग गरेका थिए । कार्यक्रम समापन गरेका संघका जिल्ला अध्यक्ष सुनिल तामाङले जनजिबिकाका समस्या, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध निरन्तर आन्दोलन गर्ने बताए । कार्यक्रमको सन्चालन जिल्ला सचिव हरिशरण जमरकट्टेलले गरेका थिए भने विरोध जुलुसमा केन्द्रीय सदस्य कमल सिलवाल सहित उल्लेख्य युवाहरुको उपस्थिति रहेको थियो ।