नुवाकोट । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले नुवाकोटमा मसाल जुलुस निकालेको छ ।
बुधबार साँझ विदुर नगरपालिका-४ पुरानोबजारबाट निकालिएको जुलुस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटमा पुगी कोणसभामा परिणत भएको हो । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्ज्वल सापकोटाले नागरिकता विधेयक खारेजी नभए युवा संघले देशभर विरोधको आगो बाल्ने चेतावनी दिए । उनीहरुले ‘देश बेच्न पाइँदैन’, ‘नागरिकता विधेयक खारेज गर’, ‘राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दे’ जस्ता नारा लगाएका थिए । कान्तिपुरबाट