
धादिङ । रक्तचन्दन तेल सहित अबैध कारोबार गरेको आरोपमा धादिङ नीलकण्ठ नगरपालिका ९ का मोहन बहादुर विश्वकर्मा सहित ७ जा पक्राउ परेका छन् ।
काठमाण्डौ ६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर रु २ लाख ५० हजारका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा काठमाडौं ७ चावहिलका सुशिल पाठक, विनोद बराल, कलंकीका ज्ञानबहादुर ओली, काँडाघारीका नविन दाहाल, गोकर्णहरि दाहाल, बाँके कोहलपुरका नीलकान्त भुसाल र सोलुखुम्बु माप्यादुधकोसीका खेमराज घिमिरे रहेका छन् ।