धादिङ । नेकपा (एमाले) धादिङले आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।
जिल्ला सचिव अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) का अनुसार उक्त कार्यक्रम मदनआश्रित स्मृति भवन धादिडबेसीमा केन्द्रिय सचिव योगश योगेश भट्टराईको प्रमुख आतित्थ्यतामा हुनेछ ।
तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।