धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले केहि मान्छे चिच्याउँदैमा प्रदेश संरचना खारेज नहुने बताएका छन् ।
सोमवार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रम बोल्दै मुख्यमन्त्री जम्कट्टेलले संघीयत सहिदको बलिदान बाट प्राप्त भएको हो । तीन तहको सरकार संघीयताको स्वरुप हो । देशको समृद्ध विकासका लागि तीन तहको सरकार अपरिहार्य भएको बताएका हुन् ।
पुराना सामन्ती तत्वहरू अहिलेको बलिदानी पूर्ण इतिहास बोकेको व्यवस्था फेर्न हिँडिरहेको भन्दै उनले त्यसको कुनै तुक नरहेको बताए । यो व्यवस्था हजारौं शहीदहरूको रगतले ल्याएको हो, उनले भने, पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेका छन् । सडकमा चिच्याउँदै छन् । हचुवाको भरमा कराउँदै हिड्नुको कुनै तुक छैन । तस्वीर: राजन अधिकारी