बेनीघाट रोराङको शैक्षिक सुधारका लागि शिक्षक सँग अन्तरक्रिया

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ३०, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज पालिका भित्र रहेका ५५० जना शिक्षकहरुलाई बोलाएर वार्षिक परिक्षाको नतिजा समिक्षा तथा समग्र शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पालिका भित्रका ७६ वटा विद्यालयका निजि श्रोत शिक्षकहरु बाहेकका सबै शिक्षकहरुलाई बोलाई उक्त कार्यक्रमको आयोजना गरेको हो ।

पालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिमा अध्यक्ष कृष्णबहादुर थपलिया ( बिबेक) काे अध्यक्षतामा सम्पन्न साे अन्तरक्रिया कार्यक्रममा पालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल र शिक्षा समितिका सदस्य हेमनाथ थपलियाले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

कार्यक्रममा गाउँ शिक्षा अधिकारी बाेधराज पाठकले गाउँ शिक्षा समितिकाे तर्फबाट पालिकाकाे शैक्षिक सुधारका लागि ९१ बुंदे मार्गचित्र प्रस्ताव गरेका थिए । बिद्यालयकाे बिद्यमान समस्या, समाधानका उपायहरू र प्रस्ताबित मार्गचित्रकाे बारेमा प्रअ र शिक्षकहरूबाट जिज्ञासा र सुझाबहरू संकलन गरिएकाे थियाे । सुझाब टिपाेटकर्ताकाे रूपमा गाउँ शिक्षा समितिका सदस्यहरू टीका थपलिया र याेबकुमारी मरहठ्ठा तथा चन्द्राेदय माबि बिशालटारका प्रअ रमेश रेग्मी रहेका थिए । प्रस्तुत मार्गचित्र र प्राप्त सुझाबहरूलाई समेटेर आगामी शिक्षा समितिकाे बैठकले मार्ग चित्र स्वीकृत गरि लागू गरिने जनाईएकाे छ । यस कार्यबाट गाउंपालिकाकाे समग्र शैक्षिक सुधार हुने अपेक्षा गरिएकाे छ।