धादिङबेसीमा प्रचण्ड सरकार जिन्दावाद, भ्रष्टाचारी होसियारको नारा गुञ्जियो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ३०, २०८०

धादिङ । भ्रष्टाचार बिरुद्धको अभियानमा ऐक्यवद्धता र खबरदारी गर्दै धादिङबेसीमा नेकपा (माओवादी केन्द्र) धादिङको जनवर्गिय संगठनहरुले पर्दशन गर्दै प्रचण्ड सरकार जिन्दावाद, भ्रष्टचारी होसियारको नारा लगाएका छन् ।

धादिङबेसीमा प्लेकार्ड सहित र्‍यालीमा सहभागी नेकपा माओवादी केन्द्र धादिङका कार्यकर्ताहरुले शरणर्थी प्रकरणमा जोडिएका सबैलाई लिनम्बन गर्नुपर्ने, भ्रष्टचारीको संरक्षक देश द्रोही हुन् सबैलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने नारा लगाएका थिए ।

र्‍याली समापन पछि बीच बजारमा भएको कोण सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रामहादुर भण्डारीले सरकारले जनताको भावना अनुरुप कार्यसम्पादन अगाडी बढाएको र भ्रष्टचारका आरोपीतहरु अब उम्कन नसक्ने बताएका थिए । कार्यक्रममा अमृत तामाङ, हरि विश्वकर्मा र अर्जुन भुजेलले पनि सरकारको समर्थन गर्दै मन्तव्य राखेका थिए ।